नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता

हिमाल प्रेस १९ वैशाख २०८१ ११:३६
नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता

काठमाडौँ– नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौँमा हालै आयोजित समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन्।

लगानी हबले नयाँनयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्ने र लगानीपूर्व पछिको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको हो। नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो।
लगानी हब प्रालि लगानीको नयाँनयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको स्रोत पुर्‍याउने सक्रिय रहने गरी स्थापित कम्पनी हो।

प्रकाशित: १९ वैशाख २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =