शिक्षामन्त्रीको सम्पत्ति : एक सेट हिराको हार, ११ तोला सुन र बैंकमा एक करोड ५२ लाख

हिमाल प्रेस ८ जेठ २०८१ १६:२२
1.2k
SHARES
शिक्षामन्त्रीको सम्पत्ति : एक सेट हिराको हार, ११ तोला सुन र बैंकमा एक करोड ५२ लाख शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ। उनले  बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ।

एनआईसी एसिया बैंकमा एक करोड १५ लाख र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।

यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ।

प्रकाशित: ८ जेठ २०८१ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =