रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले लियो ‘रुमानी रङ्ग’को वितरण अधिकार

हिमाल प्रेस १९ वैशाख २०८१ ११:५८
38
SHARES
रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले लियो ‘रुमानी रङ्ग’को वितरण अधिकार

काठमाडौँ- फिल्म ‘रुमानी रङ्ग’ वितरण अधिकार काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले किनेको छ। निर्माता र वितरकबीच मंगलबार पत्रमा लिखित सम्झौता भएको हो।

अनिल योञ्जनको निर्देशन रहने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र धीरज मगरको मुख्य भूमिका रहनेछ। उनीहरुले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक फिल्ममा जोडी बाधिन लागेका हुन्। उक्त फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए।

फिल्म केही समयपछि छायांकन गर्ने निर्माण टिमको तयारी छ। फिल्म अष्ट्रेलियामा ९० प्रतिशत छायांकन गरिनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। फिल्म महेश पौडेलले छायांकन गर्नेछन्।

फिल्मको कथा, पटकथा र संवाद निर्देशक योञ्जनकै रहनेछ। फिल्मआधुनिक समयको रंगिन प्रेमकथामा आधारित हुने निर्माण पक्षले जनाएको छ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर को ब्यानरमा निर्माण हुनेछ। फिल्ममा जिएम ठकुरी प्रस्तुकर्ता र हरि मल्लठकुरी निर्मातामा छन्। भने सह निर्मातामा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी रहनेछन्।

प्रकाशित: १९ वैशाख २०८१ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =