वेस्ट इन्डिजविरुद्ध फिल्डिङमा नेपाल, रोहितलाई विश्राम

हिमाल प्रेस १९ वैशाख २०८१ १२:१०
52
SHARES
वेस्ट इन्डिजविरुद्ध फिल्डिङमा नेपाल, रोहितलाई विश्राम

काठमाडौँ- वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिए। खेल १२ः१५ बजे सुरु हुनेछ।

पाँच खेलको शृंखला १-१ को बराबरीमा छ। पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्ट इन्डिजले १० रनको जित निकालेको थियो। टोलीमा आज चार परिवर्तन भएको छ। नियमित कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आकाश चन्द र सोमपाल कामीलाई विश्राम दिइएको छ। उनीहरुको स्थान विनोद भण्डारी, विवेक यादव, कमलसिंह ऐरी र करण केसीले लिएका छन्।

रोहितको अनुपस्थितीमा दीपेन्द्रसिंह ऐरीले कप्तानी कप्तानी सम्हाल्ने छन्।

नेपाली टोली

दीपेन्द्रसिंह ऐरी( कप्तान), विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, कुशल मल्ल, करण केसी, कमलसिंह ऐरी, गुल्सन झा, विवेक यादव, लोकेश बम, सागर ढकाल

प्रकाशित: १९ वैशाख २०८१ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =