राजस्व छलीका मोबाइल बरामद

हिमाल प्रेस १५ असोज २०८० १९:५४
8
SHARES
राजस्व छलीका मोबाइल बरामद फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजस्व छलीका मोबाइल तथा चोरीका गाडी बरामद गरेको छ।

उक्त्र कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका-६ घर भई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने २९ वर्षीय मिलन श्रेष्ठ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार काठमाडौँ महानगरपालिका-२२ न्यूरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा उक्त क्षेत्रमा खटिएको विशेष प्रहरी टोलीले ८० थान मोबाइल र बा १९च ५०९४ नम्बरको सेतो रङको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।

पक्राउ परेका व्यक्ति तथा सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ।

प्रकाशित: १५ असोज २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =