नेपाली आकाशमा १० हजार फिटमाथि उड्ने विमानलाई इन्टरनेट सञ्चालनको अनुमति

हिमाल प्रेस २५ माघ २०७९ १३:३५
6
SHARES
नेपाली आकाशमा १० हजार फिटमाथि उड्ने विमानलाई इन्टरनेट सञ्चालनको अनुमति

काठमाडौँ- नेपाली आकाशमा १० हजार फिटभन्दा माथि उड्ने विमानहरूले इन्टरनेट र मोबाइल सेवा प्रयोग गर्न पाउने भएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले ‘इनफ्लाइट कम्युनिकेसन’ (आईएफसी) सेवामार्फत् विमानहरूले इन्टरनेट तथा मोबाइल सुविधा पाउने व्यवस्था गरेको हो। प्राधिकरणले आईएफसी सेवाको लागि अन्तरिम निर्देशिका जारी गरेको छ।

यसअघि नेपाली आकाशभित्र उड्ने विमानलाई इन्टरनेट तथा मोबाइल सेवाको अनुमति थिएन। अब दूरसञ्चारले तोकेको प्रक्रिया पूरा गरेर १० हजार फिटमाथिको आकाशमा रहेका विमानहरूले यो सुविधा यात्रुलाई दिन सक्ने भएका छन्।

१० हजार फिटभन्दा तल रहेका विमान तथा उड्ने र अवतरण गर्ने बेला भने यो सेवा प्रयोग गर्न पाइने छैन। प्राधिकरणले नेपालमा दर्ता भएका र विदेशमा दर्ता भएका विमानले फरक प्रक्रिया पूरा गरेर आईएफसी सेवा लिन सक्ने जनाएको छ।

नेपालमा दर्ता भएका विमानहरूले वाईफाई वा सेलुलरलगायत सेवाको प्रकार, फ्रिक्वेन्सी, आईईईई, आईएमटी, टुजी, थ्रीजी वा फोर जी, सेटलाइट र अर्थस्टेसनको विस्तृत विवरण, सेवाको आर्किटेक्चरका साथै कभर लेटरसहित प्राधिकरणमा निवेदन दिनुपर्नेछ।

त्यसका साथै आईएफसी सेवा प्रदायकको विवरण, सेवा प्रदायकसँगको सम्झौता, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस पनि दूरसञ्चारलाई उपलब्ध गराउनुपर्नेछ।

विमानमा ग्राउण्डमा आधारित प्रणाली र सेटलाइटमार्फत् इन्टरनेट सेवा दिने व्यवस्था छ।

प्रकाशित: २५ माघ २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =