डिशहोमको ‘हरेक हप्ता सुपर स्टार सिजनकै मेगास्टार’ अभियानको विजेता घोषणा

हिमाल प्रेस २३ असोज २०८० १७:०८
डिशहोमको ‘हरेक हप्ता सुपर स्टार सिजनकै मेगास्टार’ अभियानको विजेता घोषणा

काठमाडौँ- ‘डिशहोमको ‘हरेक हप्ता सुपर स्टार सिजनकै मेगास्टार’ अभियानको विजेता घोषणा गरिएको छ। अभियानअन्तर्गत राजीन राई नगद १ लाख रुपैयाँसहति विजेता बनेका छन्।

सोमबार भएको लक्की ड्रमार्फत राई विजेता बन्दै नगद १ लाख रुपैयाँ जितेका हुन्। नेपालकै अग्रणी डीटीएच सेवाप्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपर स्टार सिजनकै मेगास्टार’ अभियान ल्याएको थियो।

उक्त योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत नगद १ लाख रुपैयाँ पाउनुका साथै राईले मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीजस्तै जीवनशैली अनुभव गर्न सक्ने डिशहोमले जानकारी दिएको छ।

त्यस्तै अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्ने कम्पनीको भनाइ छ। ‘जसमा नगद १० लाख रुपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अभियानमा सहभागी हुनका लागि ग्राहकले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्नेछ।

प्रकाशित: २३ असोज २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =