डिशहोमका ग्राहकलाई नयाँ प्रविधिको इन्टरनेट

हिमाल प्रेस १८ फागुन २०७९ २१:१९
12
SHARES
डिशहोमका ग्राहकलाई नयाँ प्रविधिको इन्टरनेट

काठमाडौँ- डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ। सोसँगै डिशहोमका ग्राहकले आईपीभी सिक्स प्रविधिमार्फत् सेवा पाउने भएका छन्। ‘इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ’ कमपनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ। इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो।’

विश्वभर भी फोरमा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी सिक्स विकास गरिएको कम्पनीको भनाइ छ। आईपीभी फोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका र आईपीभी सिक्समा आईपी एड्रेसको संख्या ३४०० खर्ब रहेको कम्पनीको भनाइ छ।

एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुने कम्पनीको भनाइ छ। सुरक्षाका दृष्टिकोणले पनि आईपीभी सिक्स बढी प्रभावकारी रहेको कम्पनीले बताएको छ।

 

प्रकाशित: १८ फागुन २०७९ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =