‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेता मुकुन भुसाल

हिमाल प्रेस २७ वैशाख २०८१ ११:०२
10
SHARES
‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेता मुकुन भुसाल

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन्। फिल्ममा निर्माण टिम सेभेन सिज इन्टरटेनमेन्टले अभिनेता मुकुनसँग लिखित सम्झौता गरेको हो।

पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई न्याय दिनसक्ने विश्वासले अनुबन्धित गराएको निर्माता विनोद पौडेलले जानकारी दिए। फिल्ममा मुकुनको भूमिका बारेमा केही पनि खुलाइएको छैन।

फिलममा यसअघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन्। सोसल-ड्रामा जनरामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। फिल्ममा मौलिक कथा प्रस्तुत गरिने निर्माण टिमको दाबी छ। महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ।

जेठको दोस्रो साताबाट छायांकन सुरु गर्ने भनिएको फिल्म आगामी वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।

प्रकाशित: २७ वैशाख २०८१ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =