डीआईजी श्यामलाल ज्ञवालीको उमेर विवाद, अख्तियारले थाल्यो छानबिन

हिमाल प्रेस १८ फागुन २०७९ १३:१५
336
SHARES
डीआईजी श्यामलाल ज्ञवालीको उमेर विवाद, अख्तियारले थाल्यो छानबिन

काठमाडौँ- नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीको उमेरसम्बन्धी विवादमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।  ज्ञवालीले २०४१ साल चैत २१ गते जिल्ला प्रशासन कार्यालय प्युठानबाट नागरिकता लिएका थिए। उक्त नागरिकतामा उनको उमेर १७ वर्ष लेखिएको छ। ज्ञवालीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको आरोप लगाउँदै उजुरी दिएका थिएपछि अनुसन्धान सुरु भएको हो।

उनी २०५० सालमा इन्स्पेक्टर पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। नागरिकतामा उनको जन्म मिति २०२४ चैत २१ सालमा उल्लेख छ भने प्रहरी अभिलेखमा भने २०२५ साल भदौ २६ गते देखिन्छ।

त्यसो त २०५० साल वैशाख १ गते २५ वर्ष पुरा भइसकेकाले ज्ञवालीले इन्स्पेक्टर पदमा आवेदन नै दिन नपाउने देखिन्छ। कानुनअनुसार २०५० सालमा २५ पुरा भएर २६ वर्ष उमेर छोएकै कारण प्रहरी भर्नाका लागि अयोग्य भएको देखिन्छ। तर उनी त्यसै बेला प्रहरीमा भर्ना भए। नागरिकता र शैक्षिक प्रमाणपत्रमा उनको जन्म मिति पनि फरक छ।

ज्ञवालीको उमेर विवादबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृत नै तोकेर प्रहरी किताब खाना, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर ज्ञवालीका विवरण संकलन गरिरहेको छ। अख्तियारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले विभिन्न तथ्यांकहरू उपलब्ध गराइसकेको छ। उमेर विवादकै कारण नेपाल प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिइसकेका छन्।

प्रकाशित: १८ फागुन २०७९ १३:१५

प्रतिक्रिया

One thought on “डीआईजी श्यामलाल ज्ञवालीको उमेर विवाद, अख्तियारले थाल्यो छानबिन

  1. केकाे उमेर विवाद, डीअाइजी सापलाइ अाफू जन्मेकाे गते, महिना र बार याद हुने कुरा भएन । जति वर्षकाे हुँ भन्न मन लाग्छ, त्यति भन्दिनाेस् साप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =