प्रहरीकै भ्यानबाट खसेर सहायक हवल्दार हेमराजको मृत्यु

हिमाल प्रेस २६ माघ २०८० १२:४९
6.7k
SHARES
प्रहरीकै भ्यानबाट खसेर सहायक हवल्दार हेमराजको मृत्यु

काठमाडौँ- प्रहरीकै भ्यानबाट खसेर नेपाल प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ। ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो। सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाका अनुसार दुर्घटनापछि तत्काल उद्धार गरेर नजिकैको मिड पोइन्ट अस्पतालमा लगिएको थियो। उक्त अस्पतालमा केहीबेरको उपचारपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याएको केहीबेरमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: २६ माघ २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =