राजमार्ग अपडेट : रसुवा पुग्ने सबै सडक ठप्प, बेनि-जोमसोम सडक अवरुद्ध [अरू चल्दैछन्?]

हिमाल प्रेस १७ असोज २०८३ ७:३७ | Saturday, October 3, 2026
राजमार्ग अपडेट : रसुवा पुग्ने सबै सडक ठप्प, बेनि-जोमसोम सडक अवरुद्ध [अरू चल्दैछन्?] फाइल तस्बिर/रासस

काठमाडौँ- नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्।

आज बिहान ०६:४५ बजेसम्मको अद्यावधिक तथ्यांक अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू प्रभावित बनेका छन्। गत साउन १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। अर्को सूचना नभएसम्मका लागि यो सडक खण्ड बन्द रहनेछ।

असोज ८ गतेदेखि परेको बाढीले बेशीसहर हुँदै खाङ्सारसम्म जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ। असोज १० गते बिहान परेको पहिरोका कारण बेनि-जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका २ बैसरी र अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा यातायात पूर्ण रूपमा ठप्प छ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटार गाउँपालिका ६ घुमाउरी घाट र बौदिकाली गाउँपालिका ३ जन्ती पहिरोमा खसेको पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त सडक खण्डबाट ठूला गाडीहरू आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ।

असोज १२ गतेको पहिरोले हुम्लाको सिमकोट-हिल्सा सडक खण्डअन्तर्गत नाम्खा गाउँपालिका ४ यालबाङ र सिमकोट गाउँपालिका ७ ठाडोढुंगामा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित: १७ असोज २०८३ ७:३७ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast