घटयो सुनको भाउ, कति छ आजको भाउ?

हिमाल प्रेस १ कार्तिक २०८३ ११:३८ | Sunday, October 18, 2026
10
SHARES
घटयो सुनको भाउ, कति छ आजको भाउ?

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ । महिनाको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि गत महिनाको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ४ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पछिल्लो एक साताको अवधिमा पनि सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । गत साताको आइतबार सुन प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ र चाँदी ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य ३१५ रुपैयाँले घटेको छ ।

यता, अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । मेटल डेलीका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १५४ अमेरिकी डलर कायम भएको छ भने चाँदीको मूल्य प्रतिऔंस ५७ अमेरिकी डलर रहेको छ ।

स्थानीय तथा अन्तर्राष्ट्रिय बजार दुवैमा सुनचाँदीको मूल्य घट्दा बजारमा यसको प्रभाव देखिएको छ ।

प्रकाशित: १ कार्तिक २०८३ ११:३८ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast