नेपाल प्रहरीले माग्यो भान्छेदेखि खेलाडीसम्म [हेर्नुहाेस् सूचना]

हिमाल प्रेस २६ माघ २०८० ८:१६
428
SHARES
नेपाल प्रहरीले माग्यो भान्छेदेखि खेलाडीसम्म [हेर्नुहाेस् सूचना]

काठमाडौँ- नेपाल प्रहरीले दुई हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै जवानदेखि भान्छे, कुचीकार, हजाम र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ।

खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिनसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कार्यालयकाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

प्रकाशित: २६ माघ २०८० ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =