२१ जिल्लाका एसपीको सरुवा किन भएन, कहाँ अड्कियो बढुवा?

हिमाल प्रेस २४ माघ २०८० १५:१६
3.5k
SHARES
२१ जिल्लाका एसपीको सरुवा किन भएन, कहाँ अड्कियो बढुवा?

काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) को सरुवा-बढुवामा आलटाल गरेको छ। प्रहरी नियमावलीमा  प्रहरी अधिकारीहरूको सरुवा एक वर्षमा हुनुपर्ने  उल्लेख छ। अहिले २१ जिल्लाका प्रहरी प्रमुख एसपीको सरुवा भएको छैन। यीमध्ये ६ जनाको त जिल्ला सम्हालेको अवधि १३ महिना भइसकेको छ। प्रहरी प्रमुखले सबै शक्तिकेन्द्रलाई रिझाउन खोज्दा यसमा ढिलाई भएको गृहका अधिकारीहरू सुनाउँछन्। ‘प्रमुख आफू निर्णय नलिने अनि सबै दललाई सोधि हिँडेपछि ढिलाई हुन्छ नै,’ गृहका एक सहसचिवले सुनाए।

१३ महिनाअघि २०७९ पुसमा झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतमा जिल्ला सम्हाल्न पुगेका एसपीको सरुवाको टुंगो अझै नलागेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए। त्यस्तै बागलुङ, गोरखा, मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र धनकुटाका एसपीको पनि सरुवा भएको छैन। उनीहरूले जिल्ला सम्हाल्न थालेको एक वर्ष बितिसकेको छ।

किन भएन सरुवा ? 

नेपाल प्रहरीका एसपीको नियमित सरुवा हुन नसक्नुको प्रमुख कारक गृहमन्त्री भने पनि उनलाई सरुवा प्रहरी प्रमुखले स्पष्ट पार्न नसकेका हुन। उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न जिल्लामा न्यायसंगत र विधी पुर्‌याएर पठाउन भनेपछि केही ढिलाई भएको सचिवालयकाे दाबी छ। तर प्रहरी अधिकारी भने गृहमन्त्रीलाई  दोष थुपार्दै आएका छन्।

‘प्रहरी नियमावलीले नै प्रहरी अधिकारीको सरुवा एक वर्षमा गर्नुपर्ने भनेको छ तर गृहमन्त्रीलाई चित्त बुझाउन नसक्दा सरुवामा ढिलाई भएको हो’, प्रहरी प्रधान कार्यालयकमा ती उच्च अधिकृतले हिमालप्रेससँग भने। गृहमन्त्री श्रेष्ठले यसअघि नै गोरखालगायत केही जिल्लामा आफूनिकटका एसपीलाई खटाएको आरोप छ। गोरखा गृहमन्त्री श्रेष्ठको गृहजिल्ला हो।

उनले सरुवा समयावधि भइसक्दासमेत गोरखाका प्रहरी प्रमुखको सरुवा रोकेर राखेको ती अधिकृतले बताए। प्रहरीभित्र रुपन्देही, झापा, पर्सा, चितवनलगायतका जिल्ला एसपीहरूको रोजाइको जिल्ला पर्छन्। यी जिल्लामा गठबन्धनकै हानथाप हुँदा प्रहरी प्रधान कार्यालयले सरुवाको फाइल अघि नबढाएको ती अधिकृतले बताए। नेपाल प्रहरीभित्र एसपीसम्मको सरुवाको अधिकार आईजीपीसँग छ। उनी पनि राजनीतिक दललाई खुसी पारेर काम गर्न खोज्दा यो अवस्था आएको हो। अन्यथा उनले सरुवा गरेर उपप्रधान तथा गृहमन्त्रीलाई जानकारी दिन सक्छन्।

प्रहरी प्रमुख नै सबैलाई रिझाउन खोजेपछि प्रहरी भित्र सरुवा-बढुवामा गृहमन्त्रीले चासो राख्न थालेका हुन। नेपाल प्रहरीका एसपीको सरुवमा माात्रै होइन बढुवा पनि रोकिएको छ। प्रहरीभित्र एसपीको ८ पद रिक्त छ। ८ पदका लागि २०६१ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा सुरु गरेका र २०७२ साउन १ गते डीएसपी बनेका १२ जना  प्रतिस्पर्धामा छन्।

मंसिर ५ गते पाँच जना एसपी एसएसपफीमा बढुवा भएर पाँच पद रिक्त भयो। त्यसअघि त्यहाँ दुई पद रिक्त थियो। गत  साता मात्रै एसपी रमेश बस्नेत एसएसपीमा बढुवा भएपछि एसपी पद रिक्तको संख्या ८ पुगेको छ।

को छ अगाडि?

एसपी बन्न प्रतिस्पर्धामा रहेका १२ डीएसपीमा पहिलो नम्बरमा प्रदीप क्षेत्री छन्। दोस्रोमा अंगुर जीसी, तेस्रोमा ढकेन्द्र खतिवडा छन्। त्यसपछि क्रमश: यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे छन्।

प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनका आधारमा बढुवा हुने बताइएको छ। सरुवा हुन नसकेका एसपीको पनि आगामी हप्ता सरुवा निकाल्ने तयारी प्रहरी प्रधान कार्यालयको छ। त्यसका लागि आईजीपीले सचिवालयमार्फ गृहमन्त्रीसँग छलफल गरिरहेको बताइएको छ।

प्रकाशित: २४ माघ २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =