इनम सापकोटाबारे बोल्यो प्रहरी परिसर

हिमाल प्रेस २ मंसिर २०८३ १६:०२ | Wednesday, November 18, 2026
इनम सापकोटाबारे बोल्यो प्रहरी परिसर

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाल सरकार वादी तथा इनम सापकोटा प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विषयवस्तु सार्वजनिक गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभिन्न सञ्चारमाध्यममा अनुसन्धान अधिकृतको हवाला दिँदै प्रकाशित समाचार तथा सामग्रीप्रति आपत्ति जनाउँदै परिसरले अनुसन्धानलाई प्रभावित पार्ने र अनुसन्धानसँग असम्बन्धित मोबाइल लोकेसनलगायतका अप्रमाणित विषयवस्तु सार्वजनिक भएकोमा ध्यानाकर्षण जनाएको हो।

परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा कानुनी व्यवस्थाविपरीत अनुसन्धानसम्बन्धी संवेदनशील सूचना सार्वजनिक गरिएमा प्रचलित कानुनबमोजिम हुनेसमेत उल्लेख गरिएको छ।

प्रहरीका अनुसार प्रचलित कानुन, विधि र प्रक्रियाबमोजिम उक्त मुद्दाको अनुसन्धान गोप्य रूपमा भइरहेको छ। अनुसन्धानका संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको पनि विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको जनाउँदै प्रहरीले अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।

मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले त्यस्ता सामग्रीको आधिकारिकता पुष्टि गरेर मात्र सार्वजनिक गर्न अनुरोध गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ १६:०२ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast