लागुऔषधसहित विभिन्न ठाउँबाट १६ जना पक्राउ

हिमाल प्रेस १३ मंसिर २०८३ २१:११ | Sunday, November 29, 2026
लागुऔषधसहित विभिन्न ठाउँबाट १६ जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित ६, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन्।

यस्तै, मोरङको बेलबारी नगरपालिका-३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ बाट एक, झापाको बिर्तामोड नगरपालिका-५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका-५ झुम्का बजारबाट दुई र सिन्धुलीको दुधौली नगरपालिका-१० लभडाँडाबाट एक जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध कोकिन, गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधी ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ।

प्रकाशित: १३ मंसिर २०८३ २१:११ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast