वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने चार पक्राउ

हिमाल प्रेस १० मंसिर २०८३ २०:४० | Thursday, November 26, 2026
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने चार पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार धादिङको सिद्धलेक गाउँपालिका-३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका-९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका-२ घर भएका ४६ वर्षीय लिलाबहादुर गरंजा पक्राउ परेका हुन्।

उनीहरूमध्ये विज्ञानले दुई जनाबाट रु १० लाख ९५ हजार, पुष्पराजले एक जनाबाट रु पाँच लाख ३० हजार, रोशनले दुई जनाबाट रु दुई लाख ५० हजार र लीलाबहादुरले दुई जनाबाट रु पाँच लाख ५० हजार लिइ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।

प्रकाशित: १० मंसिर २०८३ २०:४० | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast