सर्बिया पठाइदिने भन्दै ३० लाख बढी ठगी गर्ने पक्राउ

हिमाल प्रेस ४ मंसिर २०८३ ६:०७ | Friday, November 20, 2026
सर्बिया पठाइदिने भन्दै ३० लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर रु ३० लाख ३० हजार ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका-१० का २४ वर्षीय रोशन खड्का रहेका छन्।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खड्काले एक व्यक्तिलाई सर्बिया पठाइदिने भन्दै रु ३० लाख ३० हजार लिएका थिए।

रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा खड्कालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०८३ ६:०७ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast