काठमाडौँ- नेपाली कांग्रेसकी महामन्त्री डा.डिला संग्रौला पन्तले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेकी हुन्।
सुकुम्बासी परिवारलाई उचित वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने निर्णयप्रति आपत्ति जनाउँदै उनले प्रभावित परिवारको दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेकी छन्।
उनले भनिन्,‘वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दछु। निर्णय तत्काल फिर्ता लिन र दिगो पुनर्वासको व्यवस्था गर्न सरकारसँग जोडदार माग पनि गर्दछु।’



