च्याम्पियन्स लिग : खर्चालु चेल्सीलाई उत्साहित डर्टमन्डको चुनौती

हिमाल प्रेस ३ फागुन २०७९ १७:२७
18
SHARES
च्याम्पियन्स लिग : खर्चालु चेल्सीलाई उत्साहित डर्टमन्डको चुनौती

काठमाडौँ- आठ पटक बुन्डेसलिगा जितेको बोरुसिया डर्टमन्ड पछिल्लो पटक घरेलु लिग च्याम्पियन बनेको सन् २०१२ मा हो। त्यसपछि डर्टमन्डले लिग जित्न सकेको छैन। यद्यपि ६ पटक उपविजेता चाहिँ बनेको छ। बायर्न म्युनिखले जर्मन लिगमा लगातार दबदबा कायम राख्दा डर्टमन्डमाथि अस्थिर टिमको ‘ट्याग’ लागेको छ।

यस्तो ‘ट्याग’ मेट्ने कोसिसमा रहेको डर्टमन्ड बुन्डेसलिगामा हाल तेस्रो स्थानमा छ। २० खेल सकिँदा डर्टमन्डले ४० अंक बटुलेको छ, जुन लिग लिडर बायर्नको भन्दा दुई अंकले कम हो। बायर्न र डटर्मन्डको बीचमा युनियन बर्लिन छ। यी तीन टिमबीच अहिले कायम दूरी एक–एक अंक हो।

गत नोभेम्बरमा लगातार दुई खेल हारेको डर्टमन्ड सन् २०२३ मा अपराजित छ। उता बायर्न भने गत जनवरीमा तीन खेलमा बराबरीमा रोकियो।

घरेलु लिगमा बलियो लय समातेको डर्टमन्ड च्याम्पियन्स लिगको परीक्षासामु उभिएको छ। बुधबार राति हुने प्रिक्वार्टरफाइनलको पहिलो लेगमा डर्टमन्डको विपक्षी हो, चेल्सी। इंग्लिस प्रिमियर लिगमा यो सिजन संघर्षरत चेल्सीलाई डर्टमन्डले घरमा स्वागत गर्दैछ। यो खेलमा डर्टमन्ड चाहन्छ, बुन्डेसलिगामा देखाइरहेको लयको निरन्तरता।

नयाँ वर्ष लागेपछि डर्टमन्डको लयमा सुधार आउनुको एक कारण हो, चोटका कारण मैदानबाहिर रहेका खेलाडीको पुनरागमन। ती खेलाडीमध्ये एक हुन्, सेबेस्टियन हेलर। जसले क्यान्सरका कारण लामो समय खेल्न पाएनन्।

घरेलु लिगमा बलियो लय समातेको डर्टमन्ड च्याम्पियन्स लिगको परीक्षासामु उभिएको छ। बुधबार राति हुने प्रिक्वार्टरफाइनलको पहिलो लेगमा डर्टमन्डको विपक्षी हो, चेल्सी। इंग्लिस प्रिमियर लिगमा यो सिजन संघर्षरत चेल्सीलाई डर्टमन्डले घरमा स्वागत गर्दैछ।

‘टिममा उनको अभावमा महसुस भइरहेको थियो। अन्ततः उनी मैदान फर्किएका छन्। उनी फिट हुनु भनेको एक खेलाडी थपिनु मात्र होइन। उनको व्यक्तित्वले टिमलाई निकै बल पुग्छ। हामीले उनलाई निकै लामो समय पर्खनु पर्‍यो। उनको पुनरागमनले हामी सबै हर्षित छौँ,’ डर्टमन्डका निर्देशक सेबेस्टिय केलले भनेका छन्।

हेलरले डर्टमन्डका युवा फरवार्डहरूलाई साथ दिनेछन्। युसुफा मौकोको, करिम एडेयामी, जेमी गिटेन्स, जियो रेयना, ज्युड बेलिङहम जस्ता आक्रामक खेलाडी २१ वर्ष कटेका छैनन्। यस्तोमा उनीहरुका लागि २८ वर्षीय हेलरको साथ आवश्यक छ।

यही सिजन आयाक्सबाट जर्मनी पुगेका हेलरले दुईपल्ट शल्यक्रिया गराएका छन्। क्यान्सरलाई परास्त गर्न चार ‘बाउट’ क्रेमोथेरापी गरिएको छ। लामो समय रोगविरुद्ध लडेर मैदान फर्किएका आइभरी कोस्टका यी स्ट्राइकर आफू अझै पूर्ण रुपमा फिट नरहेको बताउँछन्। तर मैदानमा गरेको प्रदर्शनले हेलर च्याम्पियन्स लिग जस्तो कठिन प्रतियोगिताका लागि तयार रहेको सन्देश दिएका छन्।

सन् १९९७ मा च्याम्पियन्स लिग जितेको डर्टमन्ड १६ वर्षपछि फाइनलमा पुगेको थियो। त्यसपछिका सिजनमा डर्टमन्ड क्वार्टरफाइनल पुग्न सकेको छैन। युरोपियन क्लब फुटबलमा आफूलाई शक्तिका रुपमा स्थापित गर्न नसकेको डर्टमन्ड यसपालि सबैलाई छक्क पार्न चाहन्छ। उसको यस्तो उत्साहको एक कारण हेलर हुन्। जसले गएको सिजन आयाक्सको जर्सीमा सनसनी मच्याएका थिए।

आयाक्सको यात्रा अन्तिम १६ मै टुंगिएको भए पनि हेलरको प्रदर्शनले सबैको ध्यान आकृष्ट गरेको थियो। यसकाे कारण हाे, उनले आठ खेलमा गरेकाे ११ गोल। अरु त अरु डर्टमन्ड नै  प्रदर्शनका कारण अवाक् बन्यो। किनभने हेलरले समूह चरणमा जर्मन क्लबविरुद्ध दुई गोल र दुई असिस्ट दर्ता गरेका थिए।

डर्टमन्डको विपक्षी चेल्सीसँग मजबुत टिम छ। तरयद्यपि नयाँ खेलाडीको साथले पनि चेल्सी उकासिएको छैन। गएको महिना आठ खेलाडी अनुबन्ध गरेको चेल्सीले प्रिमियर लिगमा यो वर्ष (सन् २०२३) मा जम्मा एक खेल मात्र जितेको छ।

‘च्याम्पियन्स लिग हेलरका लागि उपयुक्त मञ्च हो। गएको सिजन उनले आयाक्सको जर्सीमा देखाएको खेल हामीले बिर्सिएका छैनौँ। हामी आशावादी छौँ, उनले फेरि एकपटक जादु देखाउने छन् भनेर,’ डर्टमन्डका पूर्वगोलरक्षकसमेत रहेका केलले भनेका छन्।

गएको शनिबार वेर्डर ब्रेमनसँग भिड्दा डर्टमन्डका प्रशिक्षक एडिन टेरजिक हेलरलाई दोस्रो हाफमा मैदान छिराएका थिए। हेलरबाहेक मोहम्मद डाउड, थोमस म्युनर, सालिह ओज्कानलाई पनि टेरजिकले खेलको उत्तरार्द्धमा उपयोग गरेका थिए।

‘यी सबै खेलाडी पहिलो एघारमा पर्न सक्छन्, अन्तिमसम्मै खेल्न र जिताउन सक्छन्,’ टेरजिकले भने।

डर्टमन्डको विपक्षी चेल्सीसँग मजबुत टिम छ। तरयद्यपि नयाँ खेलाडीको साथले पनि चेल्सी उकासिएको छैन। गएको महिना आठ खेलाडी अनुबन्ध गरेको चेल्सीले प्रिमियर लिगमा यो वर्ष (सन् २०२३) मा जम्मा एक खेल मात्र जितेको छ।

वर्तमान लयका कारण डर्टमन्डलाई सम्भावित विजेता मानिएको छ। डर्टमन्ड आफैँ पनि उत्साहित छ। जर्मन क्लबका मिडफिल्डर युलियान ब्रान्ड्ट च्याम्पियन्स लिगको यो भिडन्तमा सहभागी हुन आफूरू जोसिएको बताएका छन्।

युरोपको सर्वाधिक खर्चालु लिगमा सबैभन्दा बढी खर्च गरेको क्लब हो, चेल्सी। उसको यस्तो चालले डर्टमन्डका केल छक्क परेका थिए। चेल्सीबारे सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै केलले भनेका थिए, ‘यो अस्वाभाविक छ।’

वर्तमान लयका कारण डर्टमन्डलाई सम्भावित विजेता मानिएको छ। डर्टमन्ड आफैँ पनि उत्साहित छ। जर्मन क्लबका मिडफिल्डर युलियान ब्रान्ड्ट च्याम्पियन्स लिगको यो भिडन्तमा सहभागी हुन आफूरू जोसिएको बताएका छन्। डर्टमन्ड च्याम्पियन्स लिगको शक्ति भएको केलको जिकिर छ।

डर्टमन्डका इंग्लिस मिडफिल्डर ज्युड बेलिङहम भने वर्तमान लयका कारण डर्टमन्ड फुर्किन नहुने बताउँछन्। ‘एउटा खेलको नतिजाले अर्को खेललाई असर गर्दैन। एउटा खेल जितेपछि अर्को खेलमा ध्यान केन्द्रित गर्नुपर्छ,’ मार्को रुइस र माट ह्युमल्सको अनुपस्थतिमा डर्टमन्डको कप्तानी गर्ने १९ वर्षीय बेलिङहमले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =