च्याम्पियन्स लिग : भिनिसियसको दुई गोलले बराबरीमा रियल र बायर्न

हिमाल प्रेस १९ वैशाख २०८१ ७:२४
6
SHARES
च्याम्पियन्स लिग : भिनिसियसको दुई गोलले बराबरीमा रियल र बायर्न

काठमाडौँ- च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र बायर्न म्युनिखले बराबरी खेलेका छन्।

मंगलबार राति बायर्नको घरेलु मैदान आलियान्ज एरिनामा भएको सेमिफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको हो।

भिनिसियस जुनियरको दुई गोल मद्दतमा रियल हारबाट जोगिएको हो। पहिलो हाफको २४ औँ मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो।

पहिलो हाफमा १–० ले पछि परेको बायर्नले दोस्रो हाफमा दुई गोल फर्काउँदै खेलमा अग्रता बनाएको थियो। तर खेलको अन्तिम समयमा गोल फर्काउँदै रियलले खेललाई बराबरीमा पुर्‍याएको थियो।

खेलको ५३ औँ मिनेटमा लिरोए सानेको गोलमा बायर्न खेलमा फर्किएको थियो। ५७ औँ मिनेटमा बायर्नले पेनाल्टी अवसर पायो। जुन अवसरलाई ह्यारी केनले खेर जान दिएनन्। रियलका लुकास भास्केजले बायर्नका जमाल मुसायालामाथि खराब फाउल गरेपछि बायर्नले पेनाल्टी मौका पाएको थियो।

तर खेलको ८३ औँ मिनेटमा भिनिसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। डिफेन्डर किम मिन जेले रोड्रिगोमाथि खराब फाउल गरेपछि रियलले पेनाल्टी मौका पायो।

दोस्रो लेग रियलको घरेलु मैदानमा मंगलबार राति हुनेछ। बुधबार राति दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र बोरुसिया डर्टमुन्ड खेल्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =