कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ८ जेठ २०८१ १८:३४
36
SHARES
कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै प्रहरी नियन्त्रणमा कैलाश सिरोहिया। तस्बिर स्रोत : कान्तिपुर

काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार भएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखाका एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोलीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय, थापाथलीबाट नियन्त्रणमा लिएको हो।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। त्यही जाहेरीका आधारमा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनीविरुद्ध पुर्जी जारी गर्न आदेश दिएको थियो।

सिरोहियाले विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा नाम जोडिएका लामिछानेले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मूल मुद्दालाई विषयान्तर गर्न आफूविरुद्ध उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरिएको बताएका थिए। उनले यसअघि पनि आफूले कुनै गलत कार्य नगरेको दाबी गरेका थिए।

पक्राउ गर्न प्रहरी टोली पुगेपछि वरिष्ठ अधिवक्ता शम्भु थापालगायत कान्तिपुरको कार्यालयमा पुगेका थिए। उनले प्रहरी टोलीसँग कानुनी सहयोगीका रूपमा अधिवक्ता पनि  सिरोहियासँगै जान पाउनुपर्ने अडान लिएका थिए। उनको आग्रहपछि अधिवक्ता किशोर पौडेल पनि सिरोहियासँगै रहेका छन्। सिरोहियालाई धनुषा लैजाने तयारी छ।

प्रकाशित: ८ जेठ २०८१ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =