लालिगा : रियलसँग हार्‍यो बार्सिलोना

हिमाल प्रेस १० वैशाख २०८१ ६:५९
2
SHARE
लालिगा : रियलसँग हार्‍यो बार्सिलोना

काठमाडौँ- रियल मड्रिडले ला लिगामा प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा रियल ३-२ गोलले विजयी बन्यो। बार्सिलोनाका आन्द्रेस क्रिस्टिएनसनले खेलको छैटौँ मिनेटमा नै पाहुना टोलीलाई अग्रता दिलाए। तर, भिनिसियस जुनियरले पेनाल्टीबाट गोल फर्काएपछि पहिलो हाफमा १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा पनि फर्मिन लोपेजले पुनः बार्सिलोनालाई अग्रता दिलाए। यसपटक ४ मिनेटपछि नै लुकास भाज्क्वेजले रियलका लागि बराबरी गोल गरे।

खेल बराबरीतर्फ अघि बढिरहँदा ९१ औँ मिनेटमा बेलिङह्यामले निर्णायक गोल गर्दै टोलीका लागि ३ अंक सुनिश्चित गरे। जितपछि रियलले ला लिगाको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउन सफल भएको छ।

अब लिगमा ६ खेल मात्र बाँकी छँदा टोलीको ३२ खेलबाट ८१ अंक छ । दोस्रो स्थानमा रहेको बार्साको समान खेलबाट ७० अंक छ।

आइतबार नै भएका अन्य खेलमा एट्लेटिको मड्रिड आलाभेससँग २-० ले स्तब्ध बन्यो। त्यस्तै भिल्लारियालले अल्भेरियालाई २-१ ले हराउँदा गेटाफे र रियल सोसिडाड बराबरीमा रोकिए।

प्रकाशित: १० वैशाख २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =