रियल मड्रिडलाई ला लिगाको उपाधि

हिमाल प्रेस २३ वैशाख २०८१ ७:३१
16
SHARES
रियल मड्रिडलाई ला लिगाको उपाधि

काठमाडौँ- रियल मड्रिडले यस पटकको पनि स्पानिस ला लिगाको उपाधि जितेको छ।

ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ।

त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो। तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो।

३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ।

 

प्रकाशित: २३ वैशाख २०८१ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =