पोखराको चक्रदेवी सहकारीमा तोडफोड, ९ जना पक्राउ

हिमाल प्रेस ८ जेठ २०८१ २१:५२
20
SHARES
पोखराको चक्रदेवी सहकारीमा तोडफोड, ९ जना पक्राउ

पोखरा- पोखराको शिशुवास्थित एक सहकारी कार्यालय तोडफोड तथा कर्मचारीमाथि हातपात गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो २ बजे पोखरा ३०, शिशुवास्थित चक्रदेवी सहकारी संस्थाको कार्यालयमा एक समूहले तोडफोड गरेको थियो। उक्त समूहले कार्यालय कर्मचारीमाथि हातपात, कागजपत्र हिनामिना, टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएका थिए।

उक्त घटनापछि तत्काल इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली खटिएको थियो। बुधबार पोखराको अमरसिंहचौरमा हुने दुर्गा प्रसाईंको कार्यक्रमको प्रचारमा आएका व्यक्तिका एक समूह नै सहकारी तोडफोडमा संलग्न भएको सहकारी कर्मचारीहरु बताउँछन्। सहकारीको करिब ३२ लाख ऋण नतिरेको भनी प्रसाईं समर्थकले कुटपिट गरेको बताइएको छ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ का वर्ष ३६ का प्रकाश बिक, झापाको भद्रपुर ३ का वर्ष ४० का राजीव प्रसाईं, पोखरा २७, लेखनाथका वर्ष ४२ का गणेश शाही, सोही ठाउँका वर्ष २९ का समीन बिक, वर्ष २७ का संजीप सुनार, वर्ष ५२ का यमबहादुर चौरेली, वर्ष ४९ की कृष्णकुमारी चौरेली, रुपन्देहीकी वर्ष ४७ की कमला चन्द र नवलपरासी घर बताउने वर्ष ४२ की विष्णु बोहरा छन्।

उक्त घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए।

प्रकाशित: ८ जेठ २०८१ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =