केपी ओली बोलिरहँदा कांग्रेसका खतिवडाको नियमापत्ति : बार्दलीमा ल्याएको कार्यक्रम पेस नगरियोस्

हिमाल प्रेस २२ माघ २०७९ १५:१६
36
SHARES
केपी ओली बोलिरहँदा कांग्रेसका खतिवडाको नियमापत्ति : बार्दलीमा ल्याएको कार्यक्रम पेस नगरियोस्

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमबारे धारणा राखिरहेका छन्। आइतबारको प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्नेक्रममा ओलीले सरकारको न्युनतम साझा कार्यक्रमबारे जानकारी गराएका थिए।

ओलीले न्युनतम साझा कार्यक्रमबारे बोलिरँदा कांग्रेसका सांसद रामहरि खतिवडाले भने नियमापत्ति नै जनाए। उनले भने, ‘सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, यो संसद् चलिरहेको छ, चलेका दिनदेखि न्युनतम साझा कार्यक्रमको रूप, अनुहार र कागज हामीले देख्न पाएका छैनौँ। कुनै बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्।’

त्यसअघि ओलीले सत्ताबाहिर हुँदा कांग्रेस पानीबिनाको माछा जस्तै भएको आरोप पनि लगाएका थिए।

प्रकाशित: २२ माघ २०७९ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =