ढुवानी व्यवसायीका समस्याप्रति सरकार जिम्मेवार बन्‍नुपर्छ : अध्यक्ष खनाल

हिमाल प्रेस २१ माघ २०७९ १७:१८
168
SHARES
ढुवानी व्यवसायीका समस्याप्रति सरकार जिम्मेवार बन्‍नुपर्छ : अध्यक्ष खनाल

काठमाडौँ– ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालले ढुवानी व्यवसायीका समस्याप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन्। संयुक्त सामान ढुवानी व्यवसायी संघको चौथो र पाँचौ बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन समारोहमा बोल्दै अध्यक्ष खनालले यस्तो बताएका हुन्।

कोभिड महामारीको चपेटामा परेको व्यवसायले युक्रेन र रुसबीच भएको युद्धका कारण फेरि महंगीको मार खेप्नुपरेको तर सरकारले भाडादर भने वृद्धि नगरेको उनको भनाइ छ।

‘महासंघले व्यवसायीको हितमा पहल गर्न चाहेपनि सरकारले व्यसायीका माग सम्बोधन गर्न आनाकानी गर्ने गरेको छ,’ उनले भने।

कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अच्युतराज खनालले यो व्यवसायको मोडल र कार्यदिशामा देखिएको समस्या समाधान गर्नुपर्ने बताए। महासंघका महासचिव अरुणकुमार श्रेष्ठले ढुवानी व्यवसायमा कुशल नेतृत्वको आवश्यकता रहेको र व्यवसायीका समस्यालाई सरकारको निकायसँग पहलकदमी गर्ने नेतृत्वको आवश्यकताबारे स्पष्ट पारे।

यसका साथै संयुक्त सामान ढुवानी व्यवसायी संघको दोस्रो अधिवेशनबाट गोपाल मरासिनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

उपाध्यक्षमा धर्मराज पोखरेल, सचिवमा राजकुमार न्यौपाने, कोषाध्यक्षमा लक्ष्मण बस्नेत, सदस्यहरूमा जयप्रसाद भट्टराई, फणीन्द्र घिमिरे, प्रकाशसिंह धामी, प्रकाश न्यौपाने र नवराज भुजेल सर्वसम्मत निर्वाचित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =