सबै वर्ग समुदायको प्रतिनिधित्वबाट मात्र राष्ट्रियता बलियो बनाउन सकिन्छ : प्रचण्ड

हिमाल प्रेस २१ माघ २०७९ १७:०४
4
SHARES
सबै वर्ग समुदायको प्रतिनिधित्वबाट मात्र राष्ट्रियता बलियो बनाउन सकिन्छ : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका प्राप्त उपलब्धि रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताएका छन्। आदिवासी जनजाती आयोगको दोश्रो स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मुलुकमा प्राप्त उपलब्धि रक्षा र अर्थतन्त्रलगायतमा रहेको चुनौतीहरूलाई सही बाटोमा लैजान राष्ट्रिय सहमति र एकता जरुरी रहेको उनको भनाइ छ। उत्पीडितहरूको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिने र राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

समाजको रूपान्तरणका लागि संघर्ष र त्याग गर्नेहरूलाई नै सम्मान गर्न चुकेको भन्दै उनीहरूको नेतृत्व स्थापित र सम्मान गर्न नसके प्राप्त उपलब्धि पनि खोसिने खतरा रहने उनले स्पष्ट पारे।

सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र राष्ट्रियता बलियो बनाउन सकिने भएकाले मुलुकको व्यवस्थालाई अझै समावेशी र पूर्णसमानुपातिक बनाउने छलफल चलिरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने कुरा ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको जनाए। कार्यक्रममा उनले आयोगको आदिवासी जनजाती अध्ययन पुस्तक सार्वजनिक पनि गरेका छन्।

प्रकाशित: २१ माघ २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =