सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार : जनार्दन शर्मा

हिमाल प्रेस ७ माघ २०७९ २०:०७
6
SHARES
सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार : जनार्दन शर्मा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाट नै बन्ने बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए। उनले केही दिनपछि नै राष्ट्रपतिको एजेन्डाले स्थान पाउने पनि बताए।

नेता शर्माले कांग्रेसको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको स्पष्ट पारेका हुन्।

शर्माले भने, ‘अब केही दिनपछि एजेन्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीहरुमा छलफल हुन्छ। सहमति, असहमति, उम्मेदवार छनोटका विषयमा छलफल हुन्छ। छलफलपछि मात्रै को हुन्छ भन्न सकिन्छ । गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फुर्त छ।’

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताए।

प्रकाशित: ७ माघ २०७९ २०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =