भ्रष्टाचारीको कारवाही हुँदा राजनीतिक रङ हुनुहुँदैन : जनार्दन शर्मा

हिमाल प्रेस २४ माघ २०८० १३:०७
8
SHARES
भ्रष्टाचारीको कारवाही हुँदा राजनीतिक रङ हुनुहुँदैन : जनार्दन शर्मा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सुशासनका लागि भ्रष्टाचारीलाई कारवाही गर्दा राजनीतिक रङ नदेखिनुपर्ने बताएका छन्।

उनले भ्रष्टाचारीलाई कारवाही गर्न सरकार अघि बढेकाले यसलाई सबैपक्षबाट सहयोग पुग्नुपर्ने बताए। ‘सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न अघि बढेको छ। हामी सहयोग गरौँ,’ शर्माले भने।

उनले विगतको संसद् अधिवेशनले अपेक्षाकृत काम गर्न नसकेको बताए।

उनले अबको संसद् ‘क्यालेन्डर’ बनाएरै अघि बढेकाले यही गतिमा बढ्नुपर्ने बताए। ‘संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल कानुन बनाऔँ,’ उनले भने,‘शिक्षा ऐन, निजामति ऐनजस्ता कानुन तत्काल अघि बढाउनुपर्ने छ।’ कानुन अभावका कारण विकास निर्माणका काम ढिलाइ भएकाले त्यस्ता कानुन तत्काल निर्माण प्रक्रिया अघि बढाउनुपर्छ।

उनले शान्तिप्रक्रियाको जगतमा संसद् भएकाले सबैतिर सहमतिमै कानुन बनाउनुपर्ने बताए। ‘अहिलेको संसद् त संविधान मान्ने र नमान्नेबीचको हो। हामी संविधान मान्नेबीच कानुन निर्माणमा असहमति हुँदैन।’

प्रकाशित: २४ माघ २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =