दमकका ९ पसलमा आगलागी, लाखौँको क्षति

हिमाल प्रेस १ माघ २०७९ ९:१४
6
SHARES
दमकका ९ पसलमा आगलागी, लाखौँको क्षति तस्बिरः अपडेट दमकको फेसबुकबाट।

झापा- दमक–६ स्थित नमुना बजारमा रहेका ९ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आइतबार बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो। मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल थिए।

आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित ९ पसलका सम्पूर्ण सामान नष्ट भएको उनले बताए। आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन।

आगलागी विद्युत् सर्ट भई लागेको हुन सक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले बताए। क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

प्रकाशित: १ माघ २०७९ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =