दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले भन्यो- रोजगारीमा आउनुअघि श्रम स्वीकृति लिनुस्

हिमाल प्रेस २२ पुष २०७९ १३:०२
4
SHARES
दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले भन्यो- रोजगारीमा आउनुअघि श्रम स्वीकृति लिनुस्

काठमाडौँ- दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतावासले रोजगारीका लागि आउँदा सचेत हुन आग्रह गरेको छ।

दक्षिण अफ्रिकामा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने भनेर लाखौँ रुपैयाँ ठगी गरेको उजुरी परेको भन्दै राजदूतावासले सचेत हुन आग्रह गरेको हो।

‘प्रलोभन देखाई तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस्, रुवाण्डा, कंगोलगायत मुलुकमा ल्याएर अलपत्र छोडिदिनेजस्ता घटनाप्रति दूतावासको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अफ्रिकी मुलुकलगायत अन्य देशमा रोजगारीमा जानुअघि सुझबुझपूर्ण निर्णय लिन आग्रह गर्दछौँ।’

राजदूतावासले दक्षिण अफ्रिकी मुलुकले स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्रै विदेशी नागरिकलाई रोजगारी दिने भएकाले कुनै पनि देश जानुअघि श्रम स्वीकृति लिएर मात्रै जान सूचितसमेत गरेको छ।

अफ्रिकी मुलुकमा प्रवेश गरे अमेरिकी मुलुकमा छिर्न पाइने भ्रममा नपर्न पनि अनुरोध गरेको छ। गैरकानुनी रूपमा अर्काको देशमा बस्दा र आवश्यक कागजपत्र नहुँदा अलपत्र परेको अवस्थामा उद्धारमा पनि कठिनाइ हुने हुँदा सचेत हुन आग्रह गरिएको छ।

प्रकाशित: २२ पुष २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =