भारतीय सहयोगमा भूमेश्वर मावि बैतडीको भवन बन्दै

हिमाल प्रेस २८ वैशाख २०८१ १९:१३
20
SHARES
भारतीय सहयोगमा भूमेश्वर मावि बैतडीको भवन बन्दै

काठमाडौँ- बैतडीस्थित भूमेश्वर मावि भवनको आज (शुक्रबार) शिलान्यास गरिएको छ। पाटन नगरपालिका मेयर गौरीसिंह रावल र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्तरूपमा शिलान्यास गरेका हुन्।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड १० लाख ५० हजार रूपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुने भएको हो। दूतावासका अनुसार सो रकम विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिनेछ। यो परियोजना पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयर रावलले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको र ४९० वटा परियोजना सम्पन्न भइसकेको दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =