क्यानभासमा उतारिँदै देवदहको ऐतिहासिकता

हिमाल प्रेस २८ वैशाख २०८१ २१:४३
12
SHARES
क्यानभासमा उतारिँदै देवदहको ऐतिहासिकता

लुम्बिनी- २५६८ औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा रूपन्देहीको देवदहमा क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला शुक्रबारदेखि सुरु भएको छ। दुईदिने कार्यशालाको लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले कार्याशालाको उद्घाटन गरेकी हुन्।

मन्त्री अधिकारीले बुद्धको मावली देवदहको खयरडाँडाको ऐतिहासिक ठाउँमा कलाकारहरूले क्यानभासमा ऐतिहासिकता उतार्दा त्यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने बताइन्।

उनले लुम्बिनी प्रदेश सरकार पर्यटन प्रवर्द्धन र ऐतिहासिक महत्त्वका स्थलहरूको विकासका लागि साथमै रहेको समेत बताइन्। मन्त्री अधिकारीले यस्ता कलाकारितामार्फत् पर्यटन प्रवर्द्धनका कार्यक्रम लुम्बिनी प्रदेशका अन्य स्थानमा पनि हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले ड्रिम देवदहले देवदहको ऐतिहासिकता कला मार्फत क्यानभासमा उतार्ने नयाँ काम गरेको बताए। उनले देवदहको इतिहासबलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने बताए।

आयोजक संस्था ड्रिम देवदहका अध्यक्ष समेत रहेका भट्टराईले आफूहरूले सपना देख्ने र देखेका सपना पूरा गर्ने बताए। देवदहमा काष्ठकला पार्क, प्रस्तरकला पार्क लगायतका कार्यक्रमको परिकल्पना गरेर सोही अनुसार कार्यसम्पन्न गरेको बताए।

उनले प्राचीन कोलिय राज्यको राजधानी देवदहको इतिहास काठमाडौंको भन्दा पनि पुरानो रहेको प्रमाण भेटिएको दाबी गर्दै देवदह एउटा ऐतिहासिक सभ्यता र संस्कृतिको केन्द्र रहेको बताए।

कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यमबहादुर थापाले देवदहले कलाकारिता मार्फत इतिहासको उजागर गर्दै पर्यटक आकर्षित गर्ने कार्य गरेको बताए।

शनिबारसम्म चल्ने कार्यशालामा २४ जना कलाकारले क्यानभासमा देवदहको इतिहास उतार्ने छन्।

प्रकाशित: २८ वैशाख २०८१ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =