दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

हिमाल प्रेस २३ चैत २०८० ८:२२
6
SHARES
दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप तस्बिर : विजनेस डे

जोहानेसबर्ग- दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ।

बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा एनकाकुला प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित गराइएको छ।

मापिसा एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले अदालतसमक्ष भनिन्।

अदालतमा पहेँलो र निलो रङ्गको पहिरन लगाएकी ६७ वर्षीया अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) की नेता मापिसा एनकाकुला मौन रहेकी थिइन् र पछि उनलाई जमानतमा रिहा गरिएको थियो।

संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको यो मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ।

प्रकाशित: २३ चैत २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =