लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

हिमाल प्रेस २२ पुष २०७९ ८:००
2
SHARE
लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ सांकेतिक तस्बिर।

दाङ- दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले घोराही उपमहानगरपालिका-४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा ६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।

प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही १८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो। यादव र परियारलाई लमही ४ अर्नवाबाट पक्राउ गरेको हो।

प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ।

 

प्रकाशित: २२ पुष २०७९ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =