लागुऔषधसहित चन्द्रागिरिबाट एक युवक पक्राउ

हिमाल प्रेस २४ फागुन २०८० ७:२२
14
SHARES
लागुऔषधसहित चन्द्रागिरिबाट एक युवक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ। यसबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

प्रकाशित: २४ फागुन २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =