भारतीयसहित १८ जना लागूऔषध कारोबारी पक्राउ

हिमाल प्रेस १८ फागुन २०७९ १७:३७
10
SHARES
भारतीयसहित १८ जना लागूऔषध कारोबारी पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानबाट लागूऔषध कारोबारीहरू पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले खैरो हिरोइन र अन्य लागूऔषधसहित १८ जना ‍ पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन्।

प्रहरी उपरीक्षक चक्र राज जोशीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। फागुन १० गते काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ९ मनोहरा मार्गबाट प्रदेश-३-०२-००४ प ८८३५ नम्बरको मोटरसाइकलसहित मुगुका वीरेन्द्रबहादुर मल्ल पक्राउ परे। उनको साथबाट ४.५ ग्राम र उनको डेराबाट डिजिटल तराजु एउटा र ११ हजार पाँचसय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट नागढुंगामा खटिएको प्रहरी टोलीले फागुन १० गते चन्द्रागिरी २ नागढुंगाबाट कैलाली, लम्किचुहा नगरपालिका-१ का सुनिल शाहीलाई अवैध लागु औषध खैरो हेरोइन ५० ग्रामसहित पक्राउ गरिएको हो।

त्यस्तै फागुन १४ गते बूढानीलकण्ठ नगरपालिका १० बाट सर्लाही पर्सा गाउँपालिका २ बस्ने निखिलकुमार मण्डल र भार मोतीहारीका जगत शर्मा ब्रुप्रेनोर्फिन १३१ एम्पुल, डाइजोपाम ६२६ र फेनारगत १८३ एम्पुलसहित पक्राउ गरेको ब्युरोले जनाएको छ।

फागुन १४ मै काठमाडौँ अनामनगरबाट कैलाली घर भएका निरज चौधरी डिजिटल तराजु एउटा, बालकृष्ण चौधरी खैरो हिरोइन १५.५ ग्रामसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगन्जको प्रहरी टोलीले फागुन १४ गते बाँके कोहलपुर ४ गोहवाबाट खजुरा गाउँपालिका ४ का रोहित योगीलाई खैरो हिरोइन १४.७५ ग्रामसहित पक्राउ गरेको छ।

त्यस्तै ब्युरोको शाखा कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले फागुन १४ मै कैलाली धनगढी उपमहानगरपालिका ३ चौराह चोकबाट कैलाली टिकापुरका सावित्री मगर शाही, प्रकाश बुढा र कल्पना चौधरीलाई खैरो हिरोइन ७.२६ ग्रामसहित पक्राउ गरेको छ।

प्रकाशित: १८ फागुन २०७९ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =