वीरेन्द्रनगरबाट लागूऔषधसहित ४ जना पक्राउ

हिमाल प्रेस २५ माघ २०७९ १८:५१
6
SHARES
वीरेन्द्रनगरबाट लागूऔषधसहित ४ जना पक्राउ

सुर्खेत– वीरेन्द्रनगरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी ब्यूरो, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत, २० वर्षका रोहन धौलाकोटी र २६ वर्षका दिपेश थापामगर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ परेका उनीहरूको साथबाट १५ ग्राम ९ मिलि ग्राम ब्राउन सुगर र नगद २१ हजार ९४० रुपैयाँ फेला बरामद गरिएको छ। पक्राउ परेकाहरू चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा राखिएको छ।

प्रकाशित: २५ माघ २०७९ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =