जथाभाबी रङ दल्ने २७७ जना पक्राउ

हिमाल प्रेस ११ चैत २०८० २१:११
16
SHARES
जथाभाबी रङ दल्ने २७७ जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ– प्रहरीले होली पर्व मनाउने क्रममा आज (आइतबार) जथाभाबी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा २७७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पुरुष २६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

‘आज कानुन विपरीत काम गर्ने २७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ,’ उनले भने।

यसै गरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज ६६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ। यसमा चारपाङ्ग्रे ६४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो। ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो।

प्रकाशित: ११ चैत २०८० २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =