लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

हिमाल प्रेस २८ पुष २०७९ ७:३४
6
SHARES
लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ सांकेतिक तस्बिर।

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट एक जनालाई प्रकाउ गरेको हो।

कर्णाली प्रदेश लागू औषध ब्यूरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट शंकाष्पद अवस्थामा हिडिरहेको समयमा जुम्ला चन्दनाथ नगरपालिका–५ का १८ वर्षीया सौरव श्रेष्ठलाई प्रकाउ हो। श्रेष्ठ वीरेन्द्रनगर–१० मा घरभाडामा बस्दै आएका छन्।

उनलाई चेक जाँच गर्दा ७७० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

यस्तै, लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थको मुल्य ६६ हजार ७२० रहेको छ।

उनको साथबाट एक डिजिटल तराजु, दुई स्क्रिन टच मोबाइल र एक सादा मोबाईल बरामद गरेको छ। यस्तै, मेगराज बि।क। लाई पनि नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ पुष २०७९ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =