प्रहरीले जब लागूऔषध कारोबारी भारतीय नागरिकमाथि गोली चलायो

हिमाल प्रेस ८ असार २०८० १६:०६
94
SHARES
प्रहरीले जब लागूऔषध कारोबारी भारतीय नागरिकमाथि गोली चलायो

काठमाडौँ-  हेमन्तकुमार भगतमाथि जेठ २८ गते काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित सडक किनारमा हिँडिरहेका थिए। उनी शंकास्पद गतिविधिमा संलग्न रहेको सूचना पाएको प्रहरीले उनको पिछा गरिरहेको थियो। भेटेपछि प्रहरीले खानतलासी गर्‍यो। त्यस क्रममा भगतको साथबाट लागूऔषध फेला पर्‍यो। भारतको बिहार राज्य मथुराग्रामका वर्ष २७ का भगतसँग लागूऔषध खैरो हेरोइन १०० ग्राम थियो।

प्रहरीले नियन्त्रणमा लिने क्रममा उल्टै भगत प्रहरीमाथि जाइलागे। प्रहरीको पेस्तोल खोस्ने प्रयास गरे। अनि जवाफी कारबाहीका क्रममा उनी घाइते भएका छन्। लागूऔषध नियन्त्रण ब्युरोका अनुसार घुँडाभन्दा तल गोली लागेर घाइते भएका भगत उपचारका क्रममा छन्।

उनीसँग सोधपुछ गर्दा बिहार राज्य सुपौला जिल्ला दौलतपुर घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–३ बस्ने वर्ष २८ का रामभजन भनिने सञ्जीव कुमारको समेत लागूऔषध कारोबारमा संलग्नता खुल्यो। सञ्जीवलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ।

प्रहरीले विगत केही दिनयता लागूऔषध कारोबारमा संलग्न थप तीन विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ। सात जना भने नेपाली छन्। उनीहरूलाई ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। ब्युरोको टोलीले जर्मनीका एक, चेक रिपब्लिकका एक र इटालीका एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जेठ २९ गते साढे ५ बजे टर्किस एयरलाइन्सको उडानमा काठमाडौँबाट इस्तानबुल हुँदै स्टर्गट (जर्मनी) जान लागेका जर्मन नागरिक पाउल वेस्र्टलाई पक्राउ गरिएको बताए। उनको ल्याएको २ वटा सुटकेस जाँच गर्दा चरेस ६ केजी ८६० ग्राम बरामद भएको थियो।

असार ३० गते ललितपुर महानगरपालिका ११ बाट चितवनका वर्ष २९ का महेश चौधरी लागूऔषध कोडिन १६ बोतलसहित पक्राउ परेका थिए। यस्तै असार ५ गते काठमाडौँ महानगरपालिका १६ बाट चन्द्रागिरी नगरपालिका ८ का वर्ष २९ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिससहित पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार असार ५ गते काठमाडौँ महानगरपालिका २९ बाट कामनपा १८ का वर्ष २४ का मुखिया गुरुङलाई अवैध लागूऔषध कोकिन ३ जीएम ७ सय एमजीसहित पक्राउ गरिएको थियो। अनुसन्धानको सिलसिलामा लागूऔषध कारोबारमा संलग्न मोरङका वर्ष २६ का बच्चन भन्ने राज गौतम र चेक रिपब्लिक देशका वर्ष ३२ का मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४ सय एमजीसहित पक्राउ गरिएको छ। कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।

असार ६ गते नेपाल प्रहरीले कामनपा १६ स्थित एक होटलबाट इटालियन नागरिक वर्ष ३४ का डेभिडमिनाडिओलाई अवैध लागूऔषध चरेस ६ ग्रामसहित पक्राउ गरेको थियो।

थप अनुसन्धानको सिलसिलामा कामनपा २६ स्थित एक होटलबाट कोठा खानतलासी गर्दा एलएसडी स्टिकर १ हजार ९८ थान, मेथाम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ १ लाख ३९ हजार, युरो, ७ सय, टर्किस रुपैयाँ ५३०, थाई भाट ५० सहित बरामद गरिएको छ।

प्रहरीले असार ७ गते कामनपा २६ बाट धादिङ रुबीभ्याली २ का वर्ष ४२ का दावा तामाङ र सोही स्थान वडा ४ का वर्ष ३३ का नरबहादुर तामाङलाई लागूऔषध २ ग्राम ४५० मिलिग्रामसहित पक्राउ गरेको छ।

असार ७ गते नै ३ः३५ बजेको इन्डियन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली हुँदै ओमानको मट जान लागेका झापा भद्रपुर नगरपालिका ४ का वर्ष २५ का सुमन लिम्बूलाई अवैध लागूऔषध गाँजाको ४ केजी ७५० ग्राम फेला पारी पक्राउ गरेको जनाएको छ। बरामद लागूऔषधको अवैध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० छ।

प्रकाशित: ८ असार २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =