दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

हिमाल प्रेस ८ माघ २०८० ८:०२
8
SHARES
दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ- दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै आइतबार राति दुर्घटना हुँदा बसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए।

बसमा ४७ यात्रु सवार रहेकामा दुईजना घाइते भएका छन्। अन्य यात्रु सकुशल रहेको उनले बताए।

प्रकाशित: ८ माघ २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =