चितवनमा कुकुरको टोकाइबाट २५ घाइते

हिमाल प्रेस २० पुष २०७९ १०:५९
4
SHARES
चितवनमा कुकुरको टोकाइबाट २५ घाइते सांकेतिक तस्बिर।

चितवन- कुकुरले टोक्दा चितवनमा २५ जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा समस्याग्रस्त कुकुरले उनीहरूलाई टोकेको हो।

इच्छाकामनाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापानीमा कुकुरले आतंक मच्चाएको हो। घरमा काम गरिरहेको र बाटोमा हिँडिरहेका व्यक्तिलाई सो कुकुरले टोकेको थियो।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले दुई घण्टा अवधिमा कुकुरले टोकेर उनीहरू घाइते भएको बताइन्। घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र गम्भीर घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उनले जानकारी दिइन्। अहिले सो कुकुरलाई मारेर परीक्षणका लागि पठाइएको उनले बताइन्।

कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाँका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए।

प्रकाशित: २० पुष २०७९ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =