अत्तरियामा गोली चल्दा सुनचाँदी पसल सञ्‍चालक घाइते

हिमाल प्रेस ३ पुष २०७९ २१:४९
8
SHARES
अत्तरियामा गोली चल्दा सुनचाँदी पसल सञ्‍चालक घाइते सांकेतिक तस्बिर।

धनगढी– कैलालीको अत्तरियामा गोली चल्दा १ जना घाइते भएका छन्। आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले चलाएको गोलीबाट न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले जानकारी दिए।

घाइते गौतमको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गोली चलाउने व्यक्तिहरूको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३ पुष २०७९ २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =