भूकम्पका घाइतेको उपचारमा सशस्त्र प्रहरी

हिमाल प्रेस २० कार्तिक २०८० १६:५७
6
SHARES
भूकम्पका घाइतेको उपचारमा सशस्त्र प्रहरी

काठमाडौँ- गत शुक्रबार जाजरकोटको बारेकोट रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सशस्त्र प्रहरी बलले स्वास्थ्य सेवा सुरु गरेको छ।

सशस्त्र बल नेपालबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुई वटा टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

डा. रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरूको उपचार गरिरहेको छ। साथै डा. निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

भूकम्पपछि नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौँबाट डा. रोशन पराजुलीको कमाण्डमा ९ जना रुकुम पश्चिमका लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटका लागि खटिएकोसशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =