एक शिक्षक एक कम्प्युटर अभियान प्रभावकारी पार्दै पाणिनी गाउँपालिका

हिमाल प्रेस १८ पुष २०७९ २१:३७
118
SHARES
एक शिक्षक एक कम्प्युटर अभियान प्रभावकारी पार्दै पाणिनी गाउँपालिका

अर्घाखाँची– पाणिनी गाउँपालिका ६ धातिवाङको वार्षिक कार्यक्रमअन्तर्गत वडाभित्र रहेका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूलाई १ महिने कम्प्युटर तालिम दिन सुरु गरिएको छ। सोमबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच वडाध्यक्ष कृष्ण पौडेलले तालिमको उद्घाटन गरेका छन्।

उक्त अवसरमा पौडेलले निर्वाचनका बेला आफुले अघि सारेको अभियान कार्यान्वयन गर्न तालिम सञ्‍चालन गरिएको बताए। अहिले हरेक काममा कम्प्युटर सिप अत्यावश्यक भएकाले तालिमलाई व्यवहारिक रूपमा ग्रहण गर्न उनले प्रशिक्षार्थीहरूलाई आग्रह गरे।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरू खगिश्वर पौडेल, हरि पौडेल, पुनिकुमारी कामी, धातिवाङ माविका प्रधानाध्याक हिमलाल पौडेल, धातिवाङ स्वास्थ्य चौकीका प्रमुख मित्रदेव पौडेल, अम्मर आधारभुत विद्यालयका प्रधानाध्याप हिमलाल पौडेल, सुर्योदय आधारभुत विद्यालयका शिक्षक ओम प्रकाश घिमिरे सहभागी थिए।

यस्तै कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानी, प्रशिक्षक कृष्ण गैरे साथै २६ जना प्रशिक्षार्थीहरूको उपस्थिति थियो। तालिम माघ १८ गतेसम्म सञ्चालन हुने वडा कार्यालयले जानाकारी दिएको छ।

प्रकाशित: १८ पुष २०७९ २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =