सम्बन्धन नवीकरण गर्न मातहतका शिक्षण संस्थालाई सीटीईभीटीको निर्देशन

हिमाल प्रेस ३ जेठ २०८० १९:३१
30
SHARES
सम्बन्धन नवीकरण गर्न मातहतका शिक्षण संस्थालाई सीटीईभीटीको निर्देशन

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले मातहतका शिक्षणसंस्थालाई शैक्षिक सत्र २०८०/८१ को नवीकरणका लागि आवेदन दिन निर्देशन दिएको छ।

सीटीईभीटीले सूचना जारी गर्दै नियमित शुल्कमा जेठ १७ गतेसम्म र विलम्ब शुल्क (डबल दस्तुर) मा २४ गते भित्र आवेदन दिन सूचित गरेको हो।परिषद्‍बाट सम्बन्धन र स्वीकृती लिई सञ्चालनमा रहेका प्रि-डिप्लोमा र प्रमाण पत्र-डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिरहेका संस्थाहरूले सम्बन्धन स्वीकृति पाएको मितिले दुई वर्षपछि प्रत्येक वर्ष कार्यक्रम नवीकरण गर्नुपर्ने व्यवस्था छ।

सीटीईभीटीले अनुगमनबाट योग्य ठहरिएका संस्थाका कार्यक्रमहरूको नवीकरण गर्ने जनाएको छ।

प्रकाशित: ३ जेठ २०८० १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =