अमेरिका पठाइदिने भन्दै साढे ५ कराेड ठगी, तीनजना पक्राउ

हिमाल प्रेस २८ वैशाख २०८१ १५:०१
10
SHARES
अमेरिका पठाइदिने भन्दै साढे ५ कराेड ठगी, तीनजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे भोटेकोशी गाउँपालिका २ का ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै ४२ वर्षका ङिमबुटी शेर्पा र १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।

उनका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ। यो गिरोहले करिब १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरूमा अहिले पनि बन्धक बनाई राखिरहेको र उनीहरूबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको उनले बताए।

प्रकाशित: २८ वैशाख २०८१ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + ten =